काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको साधार सेयर (आईपीओ) बाँडफाँड भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइतबार बिहान आईपीओ बाँडफाँड भएको हो।
आवेदन दिएकामध्ये १ लाख २० हजार ५३२ जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन्। आईपीओमा १० लाख १६ हजार ७१४ आवेदन परेको थियो। मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट सेयर बाँडफाड गरिएको हो।
कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ५ हजार ३२० कित्ता सेयर निष्काशन गरेको थियो।