Logo
Logo

भारतको अस्पतालमा सिटिजन्स बैंकका ग्राहकलाई १० प्रतिशतसम्म छुट


693
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले भारतको अपोलो हस्पिटलस इन्टरप्राइजेजको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बुधबार बैंक र भारतस्थित उक्त अस्पताबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा सो मात्राको छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

Citizens Bank Nepal

अपोलो हस्पिटलस् इन्टरप्राइजेजका भारतको विभिन्न नौ स्थानमा रहेका हस्पिटलका नेटवर्कमा यो छुटको व्यवस्था लागू हुने छ । उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा अपोलो हस्पिटल्स इन्टरप्राइजेजका तर्फबाट भाइस प्रेसिडेन्ट– इन्टरनेसनल बिजनेस डा. कात्र्तिक अनन्थरामनले हस्ताक्षर गरेका हुन् ।

सिटिजन्स बैंकको भारतस्थित हस्पिटल्सहरुसंगको यो दोश्रो सम्झौता हो । यसअघि बैंकले भारतस्थित मेदान्त–द मेडिसिटी अस्पतालसंग बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यस्ता सहकार्यबाट हाल यस बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेका छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्