Logo
Logo

बेलायती प्रधानमन्त्रीले लगाए अमेरिकन कुकुर माथी प्रतिबन्ध


819
Shares

लन्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकले ‘अमेरिकन एक्सएल बुली’ भनेर चिनिने कुकुरको खतरनाक नस्लमाथि प्रतिबन्ध लगाउने बताएका छन् । यस जातका कुकुरहरूले हालै धेरैजनालाई आक्रमणहरू गरेको थियो । यसै साता स्टाफोर्ड शायरमा एक व्यक्तिको मृत्यु हुनुको कारण पनि यही प्रजातिको कुकुर भएको मानिन्छ ।

प्रधानमन्त्री सुनकले भिडियो सन्देश जारी गरेर अमेरिकन कुकुर माथी प्रतिबन्ध लगाएका हुन् । जसमा उनले कुकुरको आक्रमणको त्रासलाई सेयर गरेका छन् । उनले अमेरिकी एक्सएल बुली कुकुरको प्रजातिलाई परिभाषित र प्रतिबन्धित गर्न तत्काल काम गर्न आदेश दिएका छन्।

गत हप्ता बर्मिङ्घममा एउटै जातको कुकुरको आक्रमणबाट ११ वर्षीया बालिका गम्भीर घाइते भएपछि यो विषय चर्चामा आएको थियो । ‘अमेरिकी एक्सएल बुली कुकुर हाम्रो समुदाय, विशेष गरी हाम्रा बच्चाहरूको लागि खतरा हो,’ सुनकले डाउनिङ स्ट्रिटमा रेकर्ड गरिएको सन्देशमा भने।

‘आज मैले मन्त्रीहरूलाई यी आक्रमणहरू पछाडि कुकुरको नस्ल परिभाषित गर्न र त्यसपछि गैरकानूनी बनाउन प्रहरी र विशेषज्ञहरूलाई एकसाथ ल्याउने जिम्मेवारी दिएको छु,’ प्रधानमन्त्री सुनकले भने।

‘यो हालको कानूनमा परिभाषित नस्ल होइन, त्यसैले यो महत्त्वपूर्ण कदम चाँडै हुनुपर्छ। यसपछि हामी खतरनाक कुकुर ऐन अन्तर्गत यो नस्ललाई प्रतिबन्ध गर्नेछौं र नयाँ कानूनहरू वर्षको अन्त्यसम्म लागू हुनेछन्’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्