काठमाडौं । नेपाली सेनाले करार सेवामा चिकित्सक माग गरेको छ । जंगी अड्डाले आइतबार एक सूचना जारी गर्दै नेपाली सेनाको सिरिया मिसनमा पठाउनका लागि जनरल सर्जन माग गरेको हो ।
योग्यता पुगेका इच्छुकले भदौ ३१ गतेबाट असोज १४ गतेसम्म जंगी अड्डामा निवेदन दिन सक्ने जंगी अड्डाले जानकारी दिएको छ । करार सेवा अवधि १ वर्षको रहने जंगी अड्डाले जनाएको छ ।