Logo
Logo

ईसेवा मनि ट्रान्स्फरको ‘मेरो डिजिटल देश’लाई निरन्तरता


441
Shares

काठमाडौं । स्थापनाकालको छोटो समयमै संसारका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको छ ।

स्क्वायर होटल, पुल्चोकमा सम्पन्न प्रेस कन्फरेन्समार्फत ईसेवाले यस अभियान अन्तर्गत फेरि काठमाडौँमा घर योजना सार्वजनिक गरेको छ । कार्यक्रममा ईसेवा मनि ट्रान्स्फर र ईसेवाबीच सम्झौता भएको हो । यो अभियान असोज १ गतेबाट सुरु भएर असार ३१, २०८१ सम्म जारी रहने जनाइएको छ ।

परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिइ आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछ ।

अभियानबारे एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, ‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो । विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं ।’

त्यस्ैत, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘ईसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यमबाट केही मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने छ । यो अभियानमार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्ने छ भन्ने हाम्रो विश्वास छ ।’

यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्