Logo
Logo

टेलिकमका अधिकृत दिलीप सुवेदी ३ दिनदेखि सम्पर्कविहीन


8.1k
Shares

झापा । नेपाल टेलिकम सुरुङ्गाका प्रमुख दिलीप सुवेदी तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।

कनकाई नगरपालिका ३, सुरुङ्गाको नयाँबस्तीस्थित क्वार्टरबाट छैटौँ तहका अधिकृत रहेका ३१ वर्षीय सुवेदी गत शनिबार (३० भदौ) बिहान करिब ९ बजेदेखि सम्पर्कविहीन भएका उनी श्रीमती ब्रजुना भट्टराई सुवेदीले बताएकी छन् । ३ दिनदेखी सम्पर्क बिहिन भएपछि परिवारले खोजतलास गरिदिन आग्रह गरेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले दिलीपको खोजीकार्य गरिरहेको छ । ब्रजुनाका अनुसार शनिबार बिहान ८ बजेर ४० मिनेटमा फोनमा अन्तिमपटक कुराकानी भएको र त्यसपछि सम्पर्क हुन नसकेको हो । सोही दिन शनिबार मध्यान्ह १२ तिर फोन गर्दा दिलीपको मोबाइल नै स्वीच अफ भएको उनले जानकारी दिइन् ।

मोरङको विराटनगर महानरपालिका–४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी टेलिकमले उपलब्ध गराएको क्वार्टरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्