काठमाडौं । छिटो र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको डिसहोम फइवरनेटले ‘कनेक्सनको दोब्बर उत्सव’ अफर ल्याएको छ ।
चाड पर्वको मौसमलाई लक्षित डिसहोमले ल्याएको यो अफरमार्फत नयाँ जडान गर्ने ग्राहकले ‘एक दाममा डबल ब्यान्डविथ’ पाउने छन् । अर्थात्, ग्राहकले ५० एमबीपिएसको पैसा तिर्दा १०० एमबीपिएसको ब्यान्डविथ पाउने भएका हुन् ।
यस अफर अन्तर्गत ग्राहकले सुलभ मूल्यमा उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिने डिसहोम फाइवरनेटले विश्वास लिएको छ ।
यस्ता छन् ‘कनेक्सनको दोब्बर उत्सव’का अफरहरू
१. ८५०+५० एमबीपीएसः एक वर्षका लागि १०० एमबीपीएस ब्यान्डविथ पुरानै ५० एमबीपीएसको मूल्य अर्थात् ७,८९८ (भ्याट बाहेक)मा जडान गर्न सकिने ।
२. ८७५+७५ एमबीपीएसः एक वर्षका लागि १५० एमबीपीएस ब्यान्डविथ पुरानै ७५ एमबीपीएसको मूल्य ८,७५९ (भ्याट बाहेक)मा जडान गर्न सकिने ।
३. ८१००+१०० एमबीपीएसः एक वर्षका लागि २०० एमबीपीएस ब्यान्डविथ पुरानै १०० एमबीपीएसको मूल्य ९,६९८ (भ्याट बाहेक)मा जडान गर्न सकिने ।
४. ८१५०+१५० एमबीपीएसः एक वर्षका लागि ३०० एमबीपीएस ब्यान्डविथ पुरानै १५० एमबीपीएसकै मूल्यमा ७,८९८ (भ्याट बाहेक)मा जडान गर्न सकिने ।
ग्राहकहरुले आफ्नो वजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानी–छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो, छरितो र उत्कृष्ट ग्राहक सेवाका कारण पछिल्लो समय डिसहोम फाइवरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्दै गएको छ ।