Logo
Logo

आइएमईमार्फत सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न सकिने


504
Shares

काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपालीले आफ्नो सामाजिक सुरक्षा कोषमा योगदानबापतको रकम जम्मा गर्न मिल्ने सेवा सुरु गरेको छ ।

विदेशमा रहेका नेपालीहरूले अब विदेशस्थित आइएमई रेमिट्यान्स पार्टनरमार्फत सजिलै यो सुविधा लिन सक्नेछन् । यो सेवा सुरु गर्दै सामाजिक सुरक्षा कोषलाई रेमिट्यान्स प्लेटफर्ममा एकीकृत गर्न आइएमई पहिलो रेमिट्यान्स कम्पनी बनेको छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले यो सुविधामार्फत विदेशमा रहेका नेपालीको भरोसालाई कायम राख्न थप सेवा प्रदान गरिएको जानकारी दिए । कोषले अघि बढाएको वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरूको सामाजिक सुरक्षा योजनाको प्रवर्द्धनका लागिसमेत आइएमईको सेवाले सहयोग पुग्ने प्रमुख कार्यकारी अधिकृत पौडेलको भनाइ छ ।

यसअघि सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका नागरिकले सामाजिक सुरक्षा योजनाअन्तर्गत कम्तीमा नेपाल सरकारबाट तोकिएको न्यूनतम आधारभूत पारिश्रमिकको २१.३३ प्रतिशत रकम योगदान गरी सुविधामा सहभागी हुन सक्ने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्