काठमाडौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा उनको अनुभवले कम्पनीको वृद्धि र रणनीतिक पहलको अपेक्षा गर्दै कम्पनीले ढुंगानाको बढुवा गरेको एनआइएमबी एस क्यापिटलले जनाएको छ ।
द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका ढुंगानाले आफ्नो करिअरमा निरन्तर समर्पण र विशेषज्ञता प्रदर्शन गर्दै आएको कम्पनीले जनाएको छ । एसिसिएबाट आइएफआरएसमा डिप्लोमा प्राप्त गरेर वित्तीय प्रतिवेदन र विश्लेषणमा उत्कृष्टता प्रदर्शन गर्दै उनले आफ्नो योग्यतालाई अझ बलियो बनाएको जनाइएको छ ।
लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकार सेवामा एक दशकभन्दा बढी अनुभव भएका ढुंगानाले एसआर पाण्डे एन्ड कम्पनीमा अडिटर म्यानेजरका रूपमा ६ वर्षभन्दा बढी समय जिम्मेवारी वहन गरेको क्यापिटलले जनाएको छ ।
झन्डै दुई वर्ष एनआइएमबी क्यापिटल मार्केट्स लिमिटेडमा बिजनेस सपोर्ट र म्युचुअल फन्ड विभागको प्रमुखका रूपमा काम गर्दा उनले नेपालमा म्युचुअल फन्डको वद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याएको जनाइएको छ ।
ढुंगानाले यसअघि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडमा २.५ वर्षसम्म चिफ अपरेटिङ अफिसर तथा चिफ अफ फाइनान्स युनिटको पद सम्हालेको जनाइएको छ ।