Logo
Logo

थानकोटस्थित अरविन्द विद्यालयको भवन उद्घाटन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ माघ । भारत सरकारले काठमाडौंको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको भवन निर्माण गरिदिएको छ । उक्त भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले बुधबार औपचारिक उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलाललगायत राजनीतिक, सामुदायिक नेतृत्वकर्मीको सहभागिता थियो ।
नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्री अरविन्द योग मन्दिरले स्थापना गरेको हो । यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिक तहको शिक्षा प्रदान गरिरहेका छ भने जसमध्ये ५३ प्रतिशतभन्दा बढी छात्रा रहेका छन् ।
अधिकांश विद्यार्थी गरिब, विपन्न र अनाथ रहेका छन् । विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।
भारत सरकारको नेरु २.८२५ करोड अनुदान सहयोगमा निर्मित यस तीन तल्ले नयाँ संरचनामा ११ वटा कक्षा कोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन् । यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेकोछ ।
नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेको राजदूत कुमारले बताए ।

प्रतिक्रिया दिनुहोस्