Logo
Logo

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा शान्तिपूर्ण मतदान जारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

sf7df8f}F, ( df3 . /fli6«o;ef ;b:osf] lgjf{rgcGtu{t laxLaf/ afudtL k|b]zsf nflu nlntk’/ dxfgu/kflnsf–$ hfjnfv]n dtbfg s]Gb|df afudtL k|b]zsf d’VodGqL 8f]/dl0f kf}8]n] dtbfg ug]{ qmddf . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत आज सातै प्रदेशमा मतदान भइरहेको छ । आज बिहीबार कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
बाग्मती प्रदेशअन्तर्गत ललितपुर महानगरपालिका वडा नं ४ समितिको भवनमा रहेको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका छन् । यस प्रदेशमा रिक्त महिला र अन्य समूहमा तीन/तीन जनाका दरले ६ जनाको उम्मेदवारी रहेको छ । प्रदेशसभा सदस्यतर्फ ११० र स्थानीय तह सदस्यतर्फ २३८ गरी ३४८ जना मतदाता छन् ।
यस्तै सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर ५ र बाग्मती प्रदेशमा निर्वाचन शान्तिपूर्वक भइरहेको जानकारी आएको छ । साथै, अन्य प्रदेशमा पनि निर्वाचन शान्तिपूर्ण सुरु भइरहेको जानकारी आएको छ ।
निर्वाचनमा नेकपा, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीगरी ६ वटा राजनीतिक दलले भाग लिदैछन्। प्रदेश १ मा रिक्त महिला, दलित र अन्य समूहमा ३ र ३ जनाका दरले जम्मा ९ जना उम्मेदवार, प्रदेश २ मा रिक्त महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूहमा २ र २ जनाका दरले ८ जना उम्मेदवार, बागमती प्रदेशमा रिक्त महिला र अन्य समूहमा ३र३ जनाको दरले ६ जना उम्मेदवार छन् ।
यसैगरी, गण्डकी प्रदेशमा रिक्त महिलातर्फ २ र अन्य समूहतर्फ ३ गरी ५ जना उम्मेदवार रहेका छन् भने प्रदेश ५ मा रिक्त महिला समूहतर्फ २ जना, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ३ र अन्य समूहतर्फ ४ गरी ९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
उता कर्णाली प्रदेशमा महिला र अन्य समूहमा २ र २ जनाको दरले ४ जना उम्मेदवार र सुदूरपश्चिम प्रदेशमा रिक्त महिला र अन्य समूहमा २ र २ जनाका दरले ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । महिला समूहतर्फ १६, दलितसमूहतर्फ ५, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहतर्फ ५ जना र अन्य समूहतर्फ १९ गरी ४५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्