Logo
Logo

प्रभु बैंकको ६ लाख ११ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


945
Shares

काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ५ जना संस्थापक सेयरधनीको नाममा रहेको सो सेयर आजबाट बिक्री खुला गरेको हो ।

जसमा संस्थापक सेयरधनी प्रभु ग्रुप प्रालिको स्वामित्वमा रहेको ४ लाख ९७ हजार ३६९ कित्ता, पुण्य प्रसाद बरालको १९ हजार ५१५ कित्ता, नविन अधिकारीको १५ हजार कित्ता, नेत्र नाथ अधिकारीको १० हजार ८३० कित्ता र प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को ६८ हजार ७२९ कित्ता कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्