Logo
Logo

नेपाल र भारतको खेलमा डिशहोम फाइबरनेटको अफर


4.9k
Shares

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत भोलि (मंगलबार) पुरुष क्रिकेटको क्वाटरफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै छ ।

उक्त अवसरमा डिशहोम फाइबरनेटले अफर ल्याएको छ । यी दुई टिमबीचको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ ।

डिशहोमले सोमबार ‘सर्पोट आवर नेपलिज टिम’ अफरमा १२ महिनाको रिचार्ज गर्दा अर्को १२ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो । यो अफर २४ घण्टासम्मका लागि रहेको डिशहोमले जनाएको छ ।

सेवा सुरुगरेको छोटो अवधिमै ३ लाख सन्तुष्ट ग्राहक बनाउन सफल डिशहोम फाइबरनेटले आफ्ना ग्राहकलाई गुणस्तरीय इन्टरनेट सेवालाई प्रदान गर्दै आएको छ ।

नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार मंगलबार बिहान पौने ७ बजे सुरु हुने छ । एसियाडको जारी खेलको लक्की ड्र मार्फत क्वाटरफाइलमा नेपालको खेल भारतसँग परेको हो ।

नेपालले समूह चरणका यसअघि भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्