Logo
Logo

सिद्घार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । सिद्घार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर सञ्चालन भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालसँगको सहकार्यमा देशका विभिन्न स्थानमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर आयोजना गरेको हो ।

बैंकले सर्लाहीको श्रीनगर र मलंगवामा आयोजना गरेको शिविरमा १ हजार २ सय ४१ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १७८ जना मोतियाबिन्दु रोगीको पहिचान गरी शल्यक्रिया गरिएको बैंकले जनाएको छ । शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई ४ लाख ६७ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो । बैंकका अध्यक्ष मनोजकुमार केडियाले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रममा निरन्तर सहभागिता जनाउँदै जाने बताएको छ । हाल बैंकले १ सय ८० शाखा, १ सय १ शाखारहित बैंकिङ सेवा, २ सय एटिएममार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्