Logo
Logo

राष्ट्रिय वाणिज्य बैंकको खुद मुनाफा दुई अर्बमाथि


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको ५५ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त जानकारी दिएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी गरेको छ । बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रम अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रबार सम्पन्न भएको हो ।

वैंकको देशको सातैवटा प्रदेशका ७७ वटै जिल्लामा शाखा विस्तार भएको छ । हाल देशभर बैंकका २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, २८ स्थानमा एक्सटेन्सन काउण्टर र ९३ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्