Logo
Logo

एमाले सुदूरपश्चिम अधिवेशन : नेतृत्वमा सहमतिको प्रयास


819
Shares

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत जारी रहेको बन्द सत्रलाई थाती राखेर नयाँ नेतृत्वका लागि नेताहरूले सहमतिको प्रयास थालेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहमतिका आधारमा नेतृत्व चयन गर्न निर्देशन दिएपछि नेताहरु सहमतिको प्रयासमा लागेका हुन् ।

ओलीले आइतबार पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौं फर्किएका थिए । महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।

धनगढीको रुवस होटलमा बसेका पोखरेलले आइतबार नेताहरुसँग छलफल गर्न थालेपछि आइतबार साँझ बन्द सत्र सुरु हुन सकेन । उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममासमेत ओलीले सहमति गरेर नेतृत्व चयन गर्न भनेका थिए ।

अध्यक्षमा आकांक्षा राखेका कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी र वचनबहादुर सिंहलाई सँगै राखेरसमेत ओलीले नेतृत्वको निर्देशन पालन गर्न भनेका थिए । नेताहरू सहमतिको प्रयासमा लागेपछि आज बिहान ८ बजेदेखि सुरु गर्ने तय गरिएको बन्द सत्र अनिश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस्