एजेन्सी । उत्तरी म्यान्मामा विस्थापितहरूको एक शिविरमा भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार राति साढे ११ बजे भएको सैन्य आक्रमणमा २९ जनाको मृत्यु र दर्जनौँ घाइते भएकाे त्यस क्षेत्र नियन्त्रणमा लिइएकाे जातीय विद्रोही समूह एक प्रवक्ताले बताएका छन् ।
म्यान्माको जुन्ता सरकारमाथि उसले सन् २०२१ मा गरेको कूविरुद्ध भएका प्रतिरोधलाई दबाउन नागरिक लक्ष्यित रक्तपातपूर्ण आक्रमणहरू गरेको आरोप लगाइएको छ । सेनाले चीनको सीमामा रहेको लाइजा सहर नजिकै रहेको शिविरमा ड्रोन हमला गरेको हो कि भन्नेबारे पत्ता लगाउन खोजिरहेको छ ।
स्थानीय सञ्चारमाध्यमहरूले हमलापछि काठका भग्नावशेषहरूबाट शव निकाल्न उद्धारकर्मीहरूले टर्चलाइटको प्रयोग गरेको तस्बिर देखाएका छन् ।