Logo
Logo

सिद्धार्थ बैंकले ४.२१ प्रतिशत लाभांश दिने


819
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

असोज २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वाषिर्क साधारणसभाबाट पारित भएपछि मात्रै सेयर धनीहरुले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्