Logo
Logo

भेनेजुएलाद्वारा १० टनभन्दा बढी कोकिन बरामद


एजेन्सी

3.3k
Shares

भेनेजुएला । भेनेजुएलामा प्रहरी र सैन्य कारबाहीका क्रममा १० टनभन्दा बढी कोकिन बरामद भएको अधिकारीहरूले बताएका छन् । याे गत वर्ष बराबद गरिएको सबै बरामदको करिब एक चौथाइ बराबर हो

‘कूल १० हजार चार सय किलोग्राम कोकिन हाइड्रोक्लोराइड बरामद गरेर जलाइएको छ’, मुलुकका लागुऔषध विरोधी एजेन्सीका प्रमुख रिचर्ड लोपेजले सामाजिक सञ्जाल एक्समा भने । कोकिन हाइड्रोक्लोराइडले अवैध औषधिको पाउडरलाई दर्शाउँछ ।

लोपेजका अनुसार भेनेजुएलाले यो वर्ष करिब ५१ टन लागुऔषध बरामद गरिसकेको छ । त्यस्तै यो वर्ष १३ हजारभन्दा बढीलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । प्रहरीले १३ प्रयोगशाला, एक रसद केन्द्र, हतियार र विस्फोटक पदार्थ बनाउने कारखानासहित तीन कोकिन उत्पादन शिविर ध्वस्त पारेको लोपेजले बताए ।

अधिकारीहरूले कोलम्बियाको सीमामा उत्तरपश्चिमी जुलिया राज्यमा तीन दिनसम्म गरेको कारवाहीमा कुनै पनि गिरफ्तारीको सूचना दिएको छैन । उक्त राज्यमा यो वर्ष सबैभन्दा धेरै लागुऔषध बरामद गरिएको छ । लागुऔषध विरोधी एजेन्सीका अनुसार सन् २०२२ मा ४१ टनभन्दा धेरै नशालु पदार्थ बरामद गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्