Logo
Logo

‘मिसेस नेवाः वर्ल्ड’को ट्यालेन्ट शोमा समिता र सितामैयाको प्रतिस्पर्धात्मक प्रस्तुती रहने


3.3k
Shares

काठमाडौं । ‘मिसेस नेवाः वर्ल्ड-२०२३’का प्रतियोगीहरु यतिखेर प्रशिक्षणरत छन् । काराओके इन्टरटेनमेन्ट प्रालिले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगितामा १५ जना प्रतिस्पर्धी छन् । प्रतिस्पर्धीबीच यही कात्तिक २१ गते ‘ट्यालेन्ट शो’ हुँदैछ । आयोजक संस्था काराओकेले पत्रकार सम्मेलन गरी ‘मिसेस नेवाः वल्र्ड’का प्रतिस्पर्धीले २१ कात्तिकमा आफ्ना कला र प्रतिभा देखाउने जानकारी दिएको हो ।

आयोजकका अनुसार उक्त ट्यालेन्ट शो ललितपुरको हरिसिद्धिस्थित ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’मा हुनेछ । उक्त रेष्टुरेण्ट नेवा परिकारका लागि चर्चित छ ।

साथै, उक्त ‘ट्यालेण्ट शो’ कार्यक्रममा प्रतियोगिताका निर्णायकमध्ये पूर्वकुमारी एवं ‘मिस नेशनल समिता बज्रचार्य र सितामैया राजचलबीच प्रतिस्पर्धात्मक प्रस्तुती रहने आयोजक संस्थाका अध्यक्ष खगेश राजरञ्जितकारले जानकारी दिए । सितामैया सितारमा वर्ल्ड रेर्कडिष्ट हुन् ।

‘मिसेस नेवाः वल्र्ड–२०२३’को ट्यालेन्ट शोका लागि समिता र सितामैयाका अलावा दिनेश महर्जन, बरिष्ठ संगीतकार मिलन मोक्तानलगायत निर्णायक रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्