Logo
Logo

मोबाइलको विषयमा विवाद हुँदा साथीकाे हत्या


1.4k
Shares

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित धान खेतमा शव फेला परेका युवकको साथीबाटै हत्या भएको खुलेको छ।
बिहिबार धान खेतमा शरिरका विभिन्न अंगमा रगतले लतपत भएको अवस्थामा फेला परेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ सोनापाडका २४ वर्षीय रुपेश महराको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

महरालाई दुई जना साथीले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ। महराको हत्या आरोपमा सोनापाडाका २० वर्षीय पवन सहनी र हरिचन मण्डललाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूविरूद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए। गत बुधबार दिउँसो रुपेश घरबाट साथीसँगै चौरीतीर हिँडेका थिए।

टेम्पो चढेर जटही नाका हुँदै भारतीय बजारमा गएर उनीहरुले लागुऔषध सेवन गरेका थिए। फर्केपछि बुधबार राति ९ बजे उनीहरुबीच चौरीमै मोबाइलको विषयमा विवाद भएको थियो। पवन र हरिचनले मिलेर खेतमै रहेको बाँसको भाटा प्रहार गरि रुपेशको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्