काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन अवस्थामा रहेका २२ जना कर्मचारीलाईलाई कार्यालयमा उपस्थित हुन ताकेता गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै कार्यालयमा हाजिर हुन नआउने २२ जनालाई आफू गैरहाजिर हुनुको कारणसहित ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।
अन्यथा उनीहरूलाई सेवाबाट हटाउने चेतावनी दिएको छ । यसरी कार्यालयमा उपस्थित नहुनेहरुमा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्म रहेका छन् ।