काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त १२८ पदमा आवेदन माग गरेको छ ।
प्रहरी प्रधान कार्यालयको भर्ना छनोट शाखाले आज एक सूचना जारी गर्दै प्राविधिक प्रहरी समूहअन्तर्गत रिक्त रहेका विभिन्न पदमा खुला तथा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको हो ।
योग्यता पुगेका नेपाली नागरिकले मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।