Logo
Logo

हमासको पकड इलाका गाजा सहरलाई पूरै घेरिएको इजरायली सेनाको दाबी


567
Shares

एजेन्सी । इजरायली सेनाले हमासविरुद्धको संघर्षका क्रममा आफूहरुले गाजा सहरलाई पूरै घेरिसकेकोे बताएको छ । इजरायल डिफेन्स फोर्सका प्रवक्ता डेनियल हगारीका अनुसार सेनाले हमासका थुप्रै अड्डाहरुमा आक्रमण गरेको छ ।

अहिले गाजा सिटीमा कति मानिस छन् भन्ने यकिन छैन । तर सार्वजनिक भएका तस्बिर हेर्ने हो भने सहर पूरै ध्वस्त भएको छ र सडक खाली छन् । इजरायलले बारम्बार भनिरहेको छ– गाजा सिटी हमासको सबैभन्दा बढी पकड भएको इलाका हो र उ त्यसलाई नष्ट गर्न चाहन्छ ।

इजरायल र हमासबीच जारी द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता असरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको र घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिएका छन् ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजापट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्