Logo
Logo
उमेर विवाद

एआईजी ज्ञवालीलाई कारबाही गर्न माग गर्दै उजुरी


44k
Shares

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई कारबाही माग गर्दै उजुरी परेको छ ।

उमेर विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेका एआईजी ज्ञवालीलाई कारबाही गर्न माग गर्दै शेरबहादुर चन्दले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी हालेका हुन् । ज्ञवालीविरुद्ध अख्तियारमा पनि उजुरी चन्दले नै हालेका हुन् ।

चन्दले प्रहरी सेवामा प्रवेश गर्दा अयोग्य हुँदाहुँदै पनि उमेर ढाँटेर प्रवेश गरेको विषयमा आफूले दिएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तामेलीमा राखेकाले आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेका हुन् ।

२०५० मंसिर १३ गते प्रहरी निरीक्षकका लागि गोरखापत्रमा प्रकाशित सूचनाबमोजिम ज्ञवाली प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यसबेलाको नियमअनुसार २५ वर्ष नाघेका व्यक्ति प्रहरी निरीक्षकमा भर्ना हुन पाइँदैनथ्यो । ज्ञवाली सेवामा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको उनकै नागरिकताबाट खुलेपछि अख्तियारमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्