काठमाडौं । पञ्चकन्या ग्रुपले ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही २०८० कात्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त शिविरमा नाक, कान, घाँटी, आँखा, दन्त सेवा, स्त्रीरोग, मुटुरोगको परीक्षणअन्तर्गत इसिजी तथा इको, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा र सामान्य स्वास्थ्य जाँच गरिएको थियो । उक्त शिविरबाट दुई सय ९४ जनाले लाभ लिएका छन् । पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रम नियमितरुपमा सञ्चालन गर्दै आएको र ग्रुपले विगत वर्षहरुमा झैं यस वर्ष पनि यस्ता कार्यलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ ।