Logo
Logo

अब कुनै आयोजना शून्यमा रहन सक्दैन : मन्त्री नेम्बाङ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, २७ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताउनुभएको छ । आज सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मतसंभारसम्बन्धी बार्षिक समीक्षा एवं प्रगति गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

गोष्ठीमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्षित गर्दै मन्त्री नेम्वाङले भन्नुभयो ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भीर बनाएको हुनसक्छ । हुनुपर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ ।’

राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उहाँले उल्लेख गर्नुभयो । मन्त्री नेम्वाङले रणनीतिक सडकहरुको मर्मत संभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो ‘सडक मर्मत, सडक सुरक्षा, सडक दुर्घटनासंग जोडिएका हु्न्छन् । जुन काम सानो भएता पनि महत्वपूर्ण काम हो, क्षेत्र हो । काम हेर्दा खेरी सानो देखिन्छ तर त्यसले पार्ने दुरगामी प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ ।’ उहाँले मुलुकभरीका सबै उपभोक्तादेखि नीति निर्माण तहमा रहेका सबैले सडकको अवस्थालाई गम्भिर रुपमा नियाली रहेकाले सडकको निर्माण, मर्मत संभारसंग सम्बन्धित जिम्मेवारी बहन गर्नेले यसलाई सानो कामको रुपमा नलिन आग्रह गर्नुभयो ।

उहाँले सडक मर्मतसंभार सेकेण्डरी काम हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘केही अघिसम्म सडकका खाल्डाखुल्डी नपुरिएका कारण सडक दुर्घना बढ्यो, मानिसहरुको मृत्यु भयो, घाइते भएका कारण जनजीवन अस्तव्यस्त भयो भन्ने निक्कै चासो रह्यो । त्यसो भएका हुनले यो क्षेत्र प्राथमिकतामा रहनु पर्छ । नयाँ बाटो निर्माण, कालो पत्रे त्यो संगसंगै मर्मतमा ध्यान दिनु जरुरी छ ।’

मन्त्री नेम्वाङले अहिलेसम्मको भौतिक प्रगति तथा पूँजिगत खर्च साह्रै न्यून र निराशाजनक रहेको भन्दै यतातिर गम्भिर हुन निर्देशन दिनु भयो । उहाँले भन्नु भयो ‘हामी गम्भिर बन्न जरुरी छ । हामी जबाफदेही बन्न जरुरी छ । देशको अधिकांश भौतिक निर्माणका जिम्मेवारी हामीले लिएका छाँै । हाम्रो कामबाट मुल्ुक परिवर्तित हुने भएकाले हामी सबै जिम्मेवार हुनुपर्छ ।’

उहाँले जिम्मेवार तहमा रहेकाले आत्मसमिक्षा गर्नुपर्ने उल्लेखे गर्दै भन्नुभयो ‘हामीले आत्मसमिक्षा गर्नु जरुरी छ । मैले ध्यान दिएन भने कसले दिन्छ । मैले गरिनँ भने कसले गर्छ । मुलुक निर्माण गर्ने महत्वपूर्ण ठाउँमा हामी छौँ । त्यो जिम्मेवारी राज्यले दिएको छ । अधिकार दिएको छ । सुविधा दिएको छ । बजेट दिएको छ । हामीले मात्रै कार्यान्वयन गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्