Logo
Logo

तस्वीरमा हेर्नुहोस् ‘सैनिक डग’को कला


3.4k
Shares

काठमाडौं । आज देशभर कुकुर तिहार मनाइँदैछ । यस दिन घरघरमा कुकुरलाई पूजा आराधना गरि मीठो–मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइन्छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने प्रचलन छ ।

भैरवको बाहनको रूपमा मानिने कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । त्यसबाहेक सुरक्षा निकायले अपराध अनुसन्धान, नियन्त्रण, विपद् खोज उद्धारमा तालिमप्राप्त कुकुर प्रयोग गर्ने गरेका छन् ।

कुकुर तिहारको अवसरमा आज नेपाली सेनाको भैरव बहान गुल्मले ‘सैनिक डग तथा कला प्रदर्शनी’ गरेको छ । गुल्मले तालिम प्राप्त कुकुरहरूको पूजा गर्नुका साथै विभिन्न कला प्रस्तुत गराइको थियो ।

प्रतिक्रिया दिनुहोस्