Logo
Logo

प्रहरीको तालिम प्राप्त कुकुर अब सर्वसाधारणले पनि राख्न पाउने


2.8k
Shares

काठमाडौं । नेपाल प्रहरीको तालिमप्राप्त कुकुर अब सर्वसाधारणले पनि राख्न पाउने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय कुकुर तालिम केन्द्रले रिटायर भएका कुकुर सर्वसाधारणका लागि दिन लागेको हो । तर, कुकुरको रेखदेखका लागि प्रहरीका केही सर्तहरु पुरा गर्नुपर्ने केन्द्रीय कुकुर तालिम केन्द्र डीएसपी डा. रामचन्द्र सत्यालले बताए ।

प्रहरीले विदेशबाट ल्याएका र स्वेदशका कुकुरलाई तालिम दिएर अनुसन्धानमा खटाउँछ । तर ७ वर्षपछि कुकुरहरु अनुसन्धानमाबाट ‘रिटायर’ हुने हुँदा उमेरका कारण अवकाश पाएका तालिम प्राप्त कुकुरहरु आम सर्वसाधारणलाई दिन लागिएको हो ।

नेपाल प्रहरीसँग अहिले ९० वटा भन्दाबढी अनुसन्धानमा खटिएका तालिम प्राप्त कुकुरहरु छन् भने हालसम्म २४ वटा सर्वसाधारणले लगिसकेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्