Logo
Logo

सर्वोच्चमा न्यायाधीशका लागि दौडधुप


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २८ माघ । नेपालको न्यायिक इतिहासमा गोपाल पराजुलीले भित्र्याएका गलत परम्परा र पात्रहरु हालसम्म कायमै छन् । उनको लक्ष्य भान्जीज्वाई नहकुल सुवेदीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशको रोलक्रममा राख्नु थियो । तर बिडम्बना, सुशीला कार्कीले ८० जना उच्च अदालतका न्यायाधीश नियुक्त गर्दा सुवेदीलाई न्यायाधीश बनाउन योग्य देखिनन् । र, सुवेदीभन्दा निकै कनिष्टहरु उच्च अदालतका न्यायाधीश नियुक्त भइसकेपछि उनलाई प्रधानन्यायाधीशको रोलक्रममा ल्याउनका लागि पराजुलीले टपक्क टिपेर एकै बर्षमा ३ पटक बढुवा गरी मुख्य न्यायाधीशमा नियुक्ति दिए । कहिल्यै मुद्दा नहेरेका उनलाई मामाससुरा पराजुलीले एकैपटक मुख्यन्यायाधीश बनाए । चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीश भइसकेपछि यस्तो कुप्रथाबाट आएका ब्यक्तिउपर कारबाही गरी न्यायाधीश नियुक्ति प्रक्रियामा सुधार हुने अपेक्षा सबैतिरबाट गरिएको थियो । तर जनभावना विपरीत उच्च अदालत पाटनजस्तो संवेदनशील अदालतको मुख्य न्यायाधीशको रुपमा उनैलाई पुरस्कृत गरियो ।

यसरी पुरस्कृत गरिनुको दुई वटा कारण हुनसक्छन् । राजनीतिक दबाब वा आपसी सामीप्यता । सुवेदी पाटन उच्च अदालतमा मुख्य न्यायाधीशको रुपमा सरुवा भइसकेपछि विगत २ महिनादेखि रिक्त सर्वाेच्च अदालतको एक न्यायाधीश पदमा कसको नियुक्ति हुने भन्ने कुरामा तानातान छ । जसका कारण नियुक्ति नै अड्किएको छ । गएको मंसिर ४ मा केदार चालिसको अवकाशपछि सर्वोच्च अदालतमा एक न्यायाधीश पद रिक्त छ । एकातिर सुवेदी नेकपाका महासचिव बिष्णु पौडेलको राजनीतिक दबाब कायम राखी सो पद हत्याउन खोजिरहेका छन् ।

अर्कोतिर राणालाई १ बर्ष बढी अवधि प्रधानन्यायाधीशको जागिर खुवाउन सहयोग गर्ने मुख्य रजिष्टार नृपध्वज निरौलालाई सर्वोच्चको न्यायाधीश बनाइदिने बचनबद्धता पूरा गर्ने दायित्वबोध पनि प्रधानन्यायाधीश राणाको काँधमा रहेकै छ ।

त्यसैगरी सर्वोच्च अदालतमा हाल युवा न्यायाधीशहरुको बाहुल्यता छ । र, अनुभवी र पाका न्यायाधीशको कमी खड्किएको छ । अब हुने न्यायाधीश नियुक्तिमा बरिष्ठता र अनुभवलाई ग्राह्यता दिनुपर्ने आवश्यकता न्यायिक क्षेत्रमा गरिएको छ । र, उच्च अदालतमा कार्यरत इमान्दार र पाका न्यायाधीशलाई सर्वोच्च अदालतमा नियुक्त गरे विवादरहित हुन्छ भन्ने आवाजलाई प्रधानन्यायाधीश राणाले सम्बोधन गर्ने अपेक्षा न्याय क्षेत्रमा गरिएको छ ।

क्याडर न्यायाधीशको बेहाल

छँदाखाँदाको वकालत छाडी नेपाल बार एशोसिएसनको अध्यक्षको टिकट हरिकृष्ण कार्कीलाई जिम्मा लगाई पुनरावेदन अदालतको न्यायाधीश खान गएका शिवराज अधिकारी र किशोर सिलवाल, हरिकुमार पोखरेलजस्ता बरिष्ठ र अन्तर्राष्ट्रियरुपमा स्थापित न्यायाधीशहरु न्यायिक जगतमा भएका यस्ता घटनाबाट आफ्नै कर्मलाई धिक्कार्नुपर्ने अवस्थामा पुगेका छन् ।

कल्याण श्रेष्ठ सर्वोच्च अदालतमा शाखा अधिकृतको जागिर खाँदा वैतनिक वकिलको रुपमा नियुक्त शिवराज अधिकारीको न्यायिक अनुभव न्यायसेवाका कर्मचारीको चाटुकारिताका अगाडि दीनहीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्