Logo
Logo

दक्षिण अफ्रिकाले दियो अस्ट्रेलियालाई २१३ रनको लक्ष्य


252
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१३ रनको लक्ष्य दिएको छ ।

भारतको इडेन गार्डेनमा जारी सेमिफाइनलमा ४९ ओभर ४ बलमा अलआउट हुँदै दक्षिण अफ्रिकाले २१२ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका डेभिड मिलरले १०१ रन बनाए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । जेराल्ड कोत्जीले १९ रन, एडेन मार्क्रमले १० रन, काजिसो राबाडाले १० रन बनाए । अन्य खेलाडीले दुई अंकको रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि मिशेल स्टार्क र पाट कमिन्सले ३÷३ विकेट लिए । जोश हाजेलवुड र ट्राभिस हेडले २÷२ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्