Logo
Logo

कुमारी बैंकको बचत खातामा उच्च ब्याजसहित स्वास्थ्य बिमा


756
Shares

काठमाडौं । कुमारी बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधा सहितको ‘गज्जबको बचत खाता’ योजना सार्वजनिक गरेको छ । 

न्यूनतम: मौज्दात एक हजार रहेको यस खातामा सर्वाधिक उच्च  ब्याजदर ७ दशमलव ५,१ प्रतिशत प्रदान गर्ने बैंकले बताएको छ । साथै, २० हजार सम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क क्रेडिट तथा डेबिट कार्डसमेत उपलब्ध गराइने बताइएको छ ।

बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालाले बिस हजारसम्मको स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन् । यस योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ ।  

बैंकले आफ्ना बचत खाताहरूमा थप परिमार्जन तथा स्तर वृद्धि गर्दै ग्राहकमैत्री तथा समय सान्दर्भिक बनाउँदै थप सेवा प्रदान गर्दै जाने विश्वास लिएको छ । 

न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बिमा सुविधा तथा निःशुल्क क्रेडिट तथा डेबिट कार्ड समेत उपलब्ध गराएको ‘गज्जबको बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खाताहरूमा पर्ने बैंकले दाबी गरेको छ । 

२२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले  आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहमार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्