Logo
Logo

‘वेस्ट पुलिस अफ द मन्थ’बाट डिएसपी पन्थी सम्मानित


2.6k
Shares

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी’ ‘वेस्ट पुलिस अफ द मन्थ’ उपाधिबाट सम्मानित भएका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले डिएसपी पन्थीलाई गत कात्तिक महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो ।

महाशाखाले उपत्यकाका तीन जिल्लामा घटित अपराधको अनुसन्धान एवम् अपराध रोकथाममा आफ्नो भूमिका निर्वाह गर्दै आएको छ ।

डिएसपी पन्थीले उक्त कार्यालयको पिलर ८ को जिम्मेवारी सम्हाल्दै आएका छन् । पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवम् कारबाही गर्ने गर्दछ । पिलरको जिम्मेवारी पन्थीले सम्हालेपश्चात् धेरै पीडितहरूले न्याय पाएको र ठगी गर्नेहरुलाई कानुनी दायरामा ल्याइएका थिए ।

पछिल्लो पटक भिजिट भिसामा विदेश जाँदा कागजपत्र शंकास्पद भनी त्रिभुवन बिमानस्थलबाट फर्काइएका ब्यक्तिहरुका कागजात नक्कली बनाउने गिरोहलाई समेत डिएसपी पन्थीको नेतृत्वमा रहेको टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

उक्त गिरोहबाट ठूलो मात्रामा नक्कली सर्टिफिकेट, प्रहरी रिपोर्ट, विभिन्न सरकारी छाप लगायतका कागजात बरामद गरी प्रहरीले सार्बजनिक समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्