काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् । बैंकको आज बसेको संचालक समितिको ४९१ औं बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै हालका सञ्चालक समिति सदस्य समेत रहेका केसीलाई नयाँ अध्यक्षमा चयन गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ । केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म यही बैंकका अध्यक्ष थिए ।
अध्यक्षमा नवनियुक्त हुनुअघि यसै बैंकमा संस्थापक सञ्चालकका रुपमा प्रतिनिधित्व गर्दै आएका केसी एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भइ हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रमा पनि आबद्ध रहँदै आएका छन् ।