Logo
Logo

बालाजुमा ६ लाख रुपैयाँसहित समातिए १६ जुवाडे


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ फागुन ।

महानगरीय प्रहरी वृत्त बालाजुले जुवाखालमा छापा हानेको छ ।

तारकेश्वर नगरपालिका वडा नम्बर ९ शुभकामना चोक स्थित एउटा घरमा अबैध जुवा संचालन भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा डिएसपी रंजित सिंह राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा तास खेलिरहेको अबस्थामा १६ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ६ लाख २५ हजार रुपैयाँ नगद बरामद गरेको छ । उनीहरु पेशेवर जुवाडे भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्