एजेन्सी । बंगलादेशी क्रिकेट टिमका कप्तान शकिब अल हसन राजनीतिमा लागेका छन् । उनलाई सत्तारुढ दल अवामी लिगले गृह जिल्ला मगुरा–१ बाट संसदीय निर्वाचनमा उम्मेदवारका लागि छनोट गरेको हो ।
अवामी लिगका महासचिव ओबैदुल कादेरले पत्रकार सम्मेलन गरी हसन राजनीतिमा लागेको र संसदीय निर्वाचनको उम्मेदवार बनेको जानकारी गराएका हुन् ।
यसअघि बंगलादेशका पूर्व कप्तान मशरफे मोर्तजाले गत निर्वाचनमा नराइलबाट उम्मेदवारी दिएका थिए र विजयी भएर सांसद बनेका थिए ।