Logo
Logo

गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु


1k
Shares

एजेन्सी । भारतमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ । भारतको गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको हो ।

भारी वर्षाका कारण दर्जनौं घरहरुमा क्षति पुगेको छ भने सयौं पशु चौपाया पनि मरेका छन् । गुजरातमा जाडो मौसम शुरु भएपछि भारी वर्षा र आँधीबेहरी सामान्य भए पनि यो वर्ष भने ठुलो मानवीय क्षति भएको हो ।

जलवायु परिवर्तनका कारण उच्च तापमानले विश्वव्यापी असर पुर्‍याएको भन्दै वैज्ञानिकहरुले यसको प्रभाव विश्वव्यापी पर्न सक्ने चेतावनी दिएका छन् ।

गुजरातमा गत आइतबारबाट शुरु भएको भारी वर्षा र असिना पानी अझै केही दिन जारी रहने भन्दै मौसमविदहरुले सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्