भोजपुर । अरुण गाउँपालिकाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवशरमा भव्य कार्यक्रम आयोजना गरि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ ।
गाउँपालिकाले प्रगतिशील अपाङ्गता सञ्जालसँगको सहकार्यमा आइतबार ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ सचेतना ¥याली सहित औपचारिक कार्यक्रम गरी भव्य रूपमा दिवस मनाएको हो ।
गाउँपालिकाको केन्द्र प्याउलीमा सचेतना ¥याली सहित औपचारिक कार्यक्रम गरी भव्य रूपमा दिवस मनाएको सञ्जालका अध्यक्ष बल बहादुर दाहालले बताए ।
उनले भने, ‘विश्वव्यापी रूपमा मनाउँदै आएको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसले सबै अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्ना समस्याहरू प्रस्तुत गर्ने अवसर मिलेको छ । हाल पालिकामा रहेका ३ सय ८४ जना अपाङ्गता भएका व्यक्तिहरूको साझा समस्या समाधान गर्न दिवसको अवश रमा स्थानीय सरकारलाई आव्हान गरेका छौँ ।’
¥याली पश्चात् आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष विनीता ढकालले गाउँपालिका भरी रहेका जुनसुकै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकार सुनिश्चितताका लागी आफूहरू प्रतिबद्ध रहेका बताइन् ।
साथै उनले गाउँपालिकाले बनाउने नीति, नियम तथा कानुनमा समेत अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
वडाध्यक्ष इन्द्र पुलामी मगरले अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको मूल धारमा ल्याउन जनप्रतिनिधिसँगै सरोकारवाला सबैको भूमीका महत्त्वपूर्ण रहेको दाबी गरे । अहिले सङ्घीयता कार्यान्वयन सँगै स्थानीय तहमा निक्षेपित अधिकारलाई कार्यान्वयनसगैँ अपाङ्गता भएका व्यक्तिहरूका बारेमा समाजको नकारात्मक दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको समेत वडाध्यक्ष मगरले बताए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रूपक पुलामी मगरले पालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्जालमा आबद्ध गरी साझा धारणा निर्माण सिपमूलक तालीम, स्वरोजगार, सहायता सामग्री लगायत उपचार सहायता प्रदान गर्दै आएको जानकारी दिए ।
त्यस्तै कार्यक्रममा सहभागी अन्य अतिथि तथा सहभागीहरूले पालिका क्षेत्रमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक जस्तै अपाङ्गता भएका व्यक्तिहरूलाई पनि समान हक,अधिकार प्रदान गर्न सुझाव दिएका थिए । साथै उनीहरूले स्थानीय तहले प्रदान गर्ने सेवा सुविधा, हक अधिकार, बजेट, नीति तथा कार्यक्रममा आफूहरूको सहभागिता समेत आव्हान गरेका थिए ।
गाउँपालिका उपाध्यक्ष विनीता ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्षहरू, गाउँ कार्यपालिका सदस्य, प्रगतिसित अपाङ्गता सञ्जालका पदाधिकारीहरू, पालिका भरीका अपाङ्गता भएका व्यक्तिहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।