Logo
Logo

आक्रमणमा हमासका बटालियन कमान्डर खोजरी मारिएको इजरायलको दाबी


441
Shares

एजेन्सी । इजरायलले प्यालेस्टिनी अतिवादी समूह हमासका कमान्डर हैथम खोजारी मारिएको दाबी गरेको छ ।

सोमबार इजरायली रक्षा बल आईडिएफले एक्समार्फत खोजारीलाई मारेको जानकारी दिएको हो । हमासले अक्टोबर ७ मा गरेको आक्रमणमा खोजारीको संलग्नता भएको आईडिएफले जनाएको छ ।

आईडिएफका अनुसार गाजास्थित मुख्य अस्पताल अल–शिफामा खोजारी सुरक्षा इन्चार्ज थिए । गाजाको दक्षिणी क्षेत्रमा भएको प्यालेस्टिनी शरणर्थी शिविर ‘शट्टी’ को कमाण्डरको रुपमा आईडिएफविरुद्ध खोजारीले लडाइँ गरेका थिए ।

अस्पतालको मुनि हमासले महत्पूर्ण कमाण्ड सेन्टर बनाएको दाबी गर्दै इजरायली सेनाले दुई हप्ताअगाडि अल–शिफालाई निशाना बनाएको थियो । हमासले भने सो दाबीलाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्