Logo
Logo

अब कर सुशासनमा फेसलेस अडिट


दीर्घराज मैनाली

1.2k
Shares

भ्याटलाई सुरुबाटै कम्युटराइज सिस्टमबाटै विवरण र डाटा विश्लेषण गर्न थालनी गरिएको हो । आयकर र अन्तःशुल्कको हकमा पनि डिजिटल टेक्नोलोजीको प्रयोग बढाउँदै लगिएको छ । अनलाइन सर्भिस बढाउँदै लगिएकोले आन्तरिक राजस्व कार्यालयमा करदाताको भौतिक उपस्थिति ज्यादै न्यून हुँदै गएको छ । ई–रिटर्न अनिवार्य र प्रभावकारी भएको छ । मूल्य अभिवृद्धि कर र आयकरका सबै विवरण अनलाइन समिट गर्नुपर्छ । इडिटीएसलाई प्रभावकारी बनाउँदै लगिएको छ ।

तथ्यांक संकलनमा मिसम्याच सिस्टम अनुसूची– १३ निकै प्रभावकारी भएको छ । ई–पेमेन्ट कार्यान्वयनमा आइसकेको छ । अन्तरनिकाय सूचना आदान प्रदान गर्ने कार्यलाई अटोमेशनमा लाने कार्य भइरहेको छ । साना करदाताको अनलाइन करचुक्ता कार्यान्वयन भएको छ भने, बाँकीको त्यसैतर्फ उन्मुख भई कार्य हुँदैछ । डिप्लोम्याटिक भ्याट रिफण्डलाई अटोमेशनबाट हुने व्यवस्था शुरु भएको छ । अडिट रिपोर्ट म्यानेजमेन्ट सिस्टम लागू भइसकेको छ ।

यी सबै पूर्वाधारमा थप सुधार गर्दै कर सुशासन कायम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन गर्दै आन्तरिक राजस्व परिचालनलाई प्रभावकारी बनाउन फेसलेस अडिट कार्यान्वयनबाट कर सुशासन थप प्रभावकारी र पारदर्शी बन्ने छ ।
सफाइको प्रमाण पेश गर्न पत्र फेसलेस सेन्टरमार्फत अनलाइन प्रणालीबाट करदातालाई पठाउँछ ।

मूल्याङकन इकाइले करदाताको प्रतिक्रिया लिन भिडियो कल गर्नुपर्ने आवश्यकता देखिएमा प्रारम्भिक कर निर्धारण अगावै फेसलेस सेन्टरसँग अनुमति लिई करदाताका कुरा सुन्न सक्छ । आफ्नो जवाफको डिजिटल कपी सुरक्षित राखी त्यसलाई प्रतिवेदनमा समावेश गर्नुपर्छ । प्रारम्भिक कर निर्धारणको जवाफ प्राप्त भएपछि सो समेतलाई ध्यान दिइ मूल्याङकन इकाइले अन्तिम कर निर्धारण आदेश तयार गर्नुपर्छ । यसका लागि निर्णय पर्चा तयार गर्ने लगायत सम्पूर्ण कार्य यसै इकाइले गर्छ । अन्तिम कर निर्धारणको पत्र फेसलेस सेन्टरमा पठाउनुपर्छ ।

मूल्याङकन इकाइ
फेसलेस र कन्ट्याकलेस कर परीक्षण कर निर्धारणमा मूल्याङकन इकाइको महत्वपूर्ण भूमिका हुन्छ । यसले फेसलेस सेन्टरबाट कर परीक्षणको लागि स्वचालित रूपमा करदाता छनोट भई प्राप्त भएपछि करदाताबाट पेश भएको स्वयं कर निर्धारण विवरण, वित्तीय विवरण प्रणालीमा भएका तथ्यांक सूचना, इटिडिएसका सूचना, विगतमा भएका कर निर्धारणका सवाल, प्रचलित कर कानून, लेखामानअनुसार कर सहभागिता जनाएको छ/छैन अध्ययन विश्लेषण गर्दछ ।

सोको आधारमा कर निर्धारण गर्नुपर्ने जोखिम क्षेत्र र सवाल पहिचान गरी प्रचलित करसम्बन्धी ऐन नियमबमोजिम आवश्यक पर्ने विवरण कागजात माग गर्ने पत्र अनलाइन प्रणालीमा नै तयार गरी फेसलेस सेन्टरमा पठाउँछ ।

फेसलेस सेन्टरबाट करदाताबाट प्रेषित जवाफ प्राप्त भएपछि विस्तृतमा करदाताका कर विवरण र सबै कागजातको परीक्षण गरी कानूनबमोजिम भए/नभएको, तिर्नु बुझाउनु पर्ने कर बुझाए/नबुझाएको, पेश गर्नुपर्ने सबै सूचना विवरण पेश गरे/नगरेको, आम्दानी खर्च, सम्पत्ति दायित्वको सही मूल्याङकन र लेखाङन भए/नभएको निर्धारणयोग्य आयमा थप हुने सवालहरू के कस्ता देखिएका छन् भन्ने जस्ता विषयको विश्लेषण गर्दछ ।

त्यसको साथै टेक्निकल र भेरिफिकेशन इकाइबाट मूल्याङ्कन गराउन आवश्यक विषयको पहिचान गरी सोको विवरण सहित फेसलेस सेन्टरमार्फत् प्राविधिक परीक्षण गर्न, मूल्याङकन गर्न पठाउँछ ।

टेक्निकल र भेरिफिकेशन इकाइबाट प्राप्त रिपोर्ट आफ्नो अध्ययन विश्लेषण परीक्षणको आधारमा प्रचलित कर कानूनबमोजिम प्रतिवेदन र आय तथा कारोवार यकिन गरी अन्तः शुल्क, मू.अ.कर, आयकर र अन्य कर तथा शुल्क निर्धारणको खाका तयार गरी रिभ्यू कमिटीमा फेसलेस सेन्टरमार्फत पठाउनु पर्दछ ।

रिभ्यू कमिटीले सबै पत्रको रिभ्यू गरी सही करारोपण भएको छ छैन, कुनै हेर्नु पर्ने विषय छुटेको छ वा कर निर्धारण नगर्नुपर्ने विषय समावेश भएको छ भने विश्लेषण, कानूनी आधार कारणसहित परिमार्जनको लागि सुझाव सहित पठाउँछ । यसरी प्राप्त सुझावलाई प्रतिवेदनमा समावेश गरी प्रारम्भिक कर निर्धारणको आदेश तयार गरी आधार कारणसहित पठाउँछ ।

पुनरावलोकन समिति

पुनरावलोकन समितिले मूल्याङकन इकाइबाट तयार पारेको कर निर्धारणसम्बन्धी प्रतिवेदन फेसलेस मूल्याङकन सेन्टरमार्फत प्राप्त गर्दछ । प्राप्त प्रतिवेदनअनुसार कर निर्धारण गर्नुपर्ने कानूनी आधार, प्रमाण, लेखामान अभ्यासअनुसार छ छैन अध्ययन विश्लेषण गर्दछ ।

करदाताले पेश गरेको आय विवरण, वित्तीय विवरण लगायतसँग मूल्याङकन इकाइले उठान गरेको सबाल ठीक छन÷छैनन् अध्ययन गरी आवश्यक सुझाव दिन्छ । त्यसको साथै कर निर्धारण गर्नुपर्ने सवाल छुटेको पाइएमा सो समेत प्रतिवेदनमा समावेश गरी सुझाव दिने कार्य गर्दछ ।

विभिन्न मूल्याङकन इकाइबाट भएका कार्य एकरूपता भए नभएको समेत यस समितिले हेर्दछ । समग्रमा करदाताको ट्याक्स ग्याप पहिचान गर्न, सही करारोपण गर्न यस समितिको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसको साथै रेभिन्यू कमिटीले टेक्निकल र भेरिफिकेशन इकाइले गरेको कार्य सुझाव र ती सुझावलाई मूल्याङकन इकाइ के कसरी समावेश गरेको छ भन्ने विषय विश्लेषण गर्दछ । यदि, कुनै कैफियत देखिएमा आफ्नो सुझाव दिने गर्दछ ।

पूर्वधार संरचना र कार्यप्रक्रिया

फेसलेस अडिटको आधारभूत आधार भनेको कर प्रणालीले अवलम्वन गरेको सूचना प्रविधि नै हो । हाम्रो कर प्रणालीमा संग्रहित तथ्यांक, सूचनाको अवस्था कित उन्नत स्तरको छ भन्ने विष्या महत्वपूर्ण हुन्छ । अर्को हाम्रो डाटाबेस कत्तिको मजबुत र भरपर्दो छ भन्ने विषयले भूमिका खेल्दछ ।

कर सुशासनमा विद्युतीय माध्यममार्फत् गर्न सकिने अनुकुल वातावण बनाउदै लगिएको छ । कर सुशासन प्रवद्र्धन गर्न, करको स्वेच्छिक सहभागिता अभिवृद्धि गर्न, बुझाउने संकलन लागत घटाउन, करको निष्पक्षता र स्वस्थता कायम गरी व्यवसायिक वातावरण निर्माण गर्न फेसलेस प्रणाली अपनाउनु आवश्यकता भएको छ ।

अन्तर्राष्ट्रिय अभ्यास
कर सुशासन प्रवद्र्धन गरी स्वेच्छिक कर सहभागितालाई प्रवद्र्धन गरी विश्वभर नै सूचना प्रविधिमा भएको विकासलाई स्वीकार गर्दै डिजिटल ट्रान्सफर्मेशन र कर प्रशासनलाई अभियानकै रुपमा अगाडि बढेको छ ।

परम्परागत कर प्रशासन र कर प्रणालीमा सूचना प्रविधिमा आएको द्रुत विकासले पुनः विचार गर्न बाध्य बनायो । यसै सन्दर्भमा विश्वभरि कर डिजिटल डिभाइस र डिजिटल टेक्नोलोजीको प्रयोगसमेत तीब्र गतिमा बढ्दै गएको छ ।

ठूला ठूला डाटा विश्लेषणमा एआई र मेसिनको प्रयोगको माध्यमबाटै कराधार विस्तार गर्दा सजिलो भएको छ । सेवा प्रवाहलाई गुणस्तरीय र भरपर्दो बनाएको छ । करदाता आफैले आफ्नो करका औपचारिकता पूरा गर्न सहज बनाएको छ । यसले कर तिर्न र संकलन गर्ने लागत र समयको बचत भएको छ । फेसलेस अडिटबाट करदाता र कर प्रशासनबीच भेटघाट गर्न चिनजान गर्नुपर्ने आवश्यकताको अन्त्य हुँदै गएको छ । कर प्रणालीले प्रयोगमा ल्याएका डिजिटल सिस्टम र डिभाइसले कर व्यवस्थापनमा महत्वपूर्ण स्थान ओगट्दै आएको छ ।

परम्परागतरूपमा करदाताले पेश गरेका, घोषणा गरेका विवरण र तथ्याङमा मात्र सीमित थियो । अब सबै किसिमका आर्थिक सूचनालाई रियल टाइममा गर्ने, स्टोर गर्ने, डाटा विश्लेषण गर्ने प्रविधि प्रयोगमा आइसकेको छ । कतिपय देशमा प्रणालीबाटै करदाताको कर दायित्व निर्धारण हुन थालिसकेको छ ।

(लेखक आन्तरिक राजस्व विभागका महानिर्देशक हुनुहुन्छ । आन्तरिक राजस्व विभागद्धारा प्रकाशित राष्ट्रिय कर दिवस स्मारिका २०८० मा प्रकाशित लेखको सम्पादित अंश यहाँ प्रकाशित गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्