Logo
Logo

मित्रमिलन सहकारीका बचतकर्तालाई उजुरी दिन प्रहरीको आग्रह


819
Shares

काठमाडौं । कास्की प्रहरीले पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई आग्रह गरेको छ । मंगलबार सूचना जारी गर्दै प्रहरीले आर्थिक अपचलनको आरोप लागेको उक्त सहकारीविरुद्ध बचतकर्तालाई मङ्सिर २७ गतेसम्म उजुरी दिन भनेको हो ।

सञ्चालक समितिले बचतकर्ताको रकम हिनामिना गरेर समयमा फिर्ता नदिएपछि केही बचतकर्ताले उजुरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो । अनुसन्धानका लागि पोखरा २१ का अध्यक्ष दीपक सुवेदी, सहकारीका उपाध्यक्ष विजय लम्साल सहित ३० जना विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ ।

सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी यसअघि नै पक्राउ परिसकेका छन् । पुर्जी जारी भएकाको खोजी भइरहेको कास्की प्रहरीका निमित्त प्रमुख श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार सहकारीको २७ करोड हाराहारी हिनामिनाको आरोप सञ्चालकहरूलाई छ ।

प्रतिक्रिया दिनुहोस्