Logo
Logo

कपिल ढकाल ज्योति विकास बैंकको सीईओ नियुक्त


378
Shares

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले तत्कालीन सीईओ श्रीचन्द्र भट्टले दिएको राजीनामा स्वीकृत गर्दै सीईओमा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि ढकाल हाम्रो विकास बैंकको सीईओ थिए । हाम्रो विकास बैंक ज्योति विकास बैंकमा मर्ज भएको थियो ।

ढकालले बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट ढकालसँग डिलोइट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया र एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्