काठमाडौं । डिशहोमले पूर्व घोषित विभिन्न खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । डिशहोमले आईतबार भैसेँपाटीस्थित आफ्नै मुख्य कार्यालय परिसरमा एक कार्यक्रमबीच विश्वकप छनोटमा परेका क्रिकेट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव–पारस खड्का, मुख्य प्रशिक्षक–मोन्टी देसाई, कप्तान रोहितकुमार पौडेल लगायत अन्य खेलाडीहरुको उपस्थित थियो । गत २९ अक्टोवरदेखि सुरु भएको आईसीसी टी–२० आई विश्वकप एसिया क्षेत्र छनोटको खेलमा डिशहोम फाइबरनेटले ‘अब इतिहास रच्ने पालो हाम्रो’ भन्ने नारासहित नगद पुरस्कार घोषणा गरेको थियो ।
पुरस्कार अन्तर्गत खेलमा शतक प्रहार गर्ने नेपाली खेलाडीले १० लाख रुपैयाँ, त्यस्तै, एकै खेलमा शतक र ५ विकेट लिने खेलाडीले २० लाख रुपैयाँ दिइने डिशहोमले जनाएको थियो ।
एकै खेलमा ५ विकेट लिएमा ५ लाख, अर्धशतक बनाएमा १ लाख, कम्तीमा ३ विकेट लिएमा १ लाख, कम्तीमा ३५ रन बनाएमा ५० हजार र कम्तीमा ३ क्याच वा स्टम्पिङ गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिइने जनाएको थियो ।
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भइसकेको छ । आइ