काठमाडौं । केबीएल सेक्यूरिटिज लिमिटेडले सोमबारदेखि औपचारिक रुपमा धितोपत्र कारोबार सुरु गरेको छ । के.बि.एल सेक्यूरिटिजको शेयर ब्रोकर नं ९४ रहेको छ ।
कुमारी बैक लिमिटेड सञ्चालक समितिका अध्यक्ष अमिरप्रताप जबराले सोमबार एक कार्यक्रमबीच कम्पनीको कारोबारको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा के.बि.एल सेक्यूरिटिज लिमिटेड तथा कुमारी बैक लिमिटेडका सञ्चालक समितिका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनका कर्मचारी तथा लगानीकर्ताहरुको उपस्थिति थियो ।
कारोबार सुभारम्भ गरेसँगै शेयर बजारका लगानीकर्तालाई उत्कृष्ट र सर्वसुलभ सेवा प्रदान गर्न केबीएल सेक्यूरिटिज सदैव प्रयासरत रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय रेग्मीज्यूले उल्लेख गरे । केबीएल सेक्यूरिटिज लिमिटेड, कुमारी बैक लिमिटेडको पूर्ण स्वामित्व रहेको नेपाल धितोपत्र बोर्ड बाट मान्यता प्राप्त सिमित कारोबार गर्ने धितोपत्र दलाल व्यवसायी हो ।