Logo
Logo

हिमालय एअरलाइन्सको काठमाडौं-चोङकिङ उडान पुनः सुरू


630
Shares

काठमाडौं । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले लामो समयदेखि प्रतीक्षारत काठमाडौँ–चोङकिङ–काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । एयरलाइनसले आज १२५ जना यात्रु लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पहिलो उडान सुरु गरेको हो ।

पहिलो आउटबाउन्ड उडान बिहान १० बजे त्रिभुवन विमानस्थलबाट बिहान १० बजे प्रस्थान गरेको एयरलाइन्सले जनाएको छ । यसअघि हिमालय एयरलाइनसले २०७५ कात्तिक १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो उडान भरेको थियो ।

अब हिमालय एयरलाइन्सले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक चीनका सहरमा उडान गर्ने छ । यस उडानसँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।

यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्