काठमाडौं । खानेपानी मन्त्रालयका सचिव रामआधार साहको कार्यशैलीलाई लिएर मातहतका कर्मचारीहरु हैरान छन् । आफ्नै मन्त्रालयका सहसचिवदेखि मुनिका कर्मचारीलाई कार्यकक्ष प्रवेशमै रोक लगाएका साहले मन्त्री महिन्द्र राय यादवलाई समेत छल्दै आर्थिक चलखेल गर्ने गरेको आरोप छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखको रुपमा सहसचिव अर्जुन गौतम कार्यरत छन् । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रुपमा लामो समय काम गरी विकासे बजेटबाट कमिसन खान पल्केका गौतम आफू काठमाडौंको हुनेखाने परिवारको भन्न पनि पर्दैनन् । तर, उनको कार्यशैली पनि रामआधारको भन्दा कम छैन । सानो रकममा पनि उनले आँखा लगाउने गरेको आरोप छ ।
सचिव साह र सहसचिव गौतमको आर्थिक मोह देखेर कर्मचारीहरु पनि दिक्क छन् । मन्त्री यादव त झन् यति बद्नाम छन् कि उनी सिँचाइ मन्त्रालयमा हुँदा भर्याङ उक्लिँदा नै घुस माग्ने गरेको भन्दै तत्कालीन सचिव बृन्दा हाडाले सार्वजनिक रुपमा बिरोध गरेकी थिइन् । सिँचाइमन्त्री हुँदा सरुवामा यादवले करोडौं असुली गरेको आरोप हाडाले लगाएकी थिइन् ।
उद्योग र पछिल्लो समय कृषि मन्त्री हुँदा पनि उनले ठाडै घुस माग्ने गरेको आरोप लागेकै हो । उनकै पार्टीबाट दानबहादुर चौधरी समाज कल्याणमन्त्री हूँदा आफ्नै भाइ रवीन्द्र यादवलाई समाज कल्याण परिषद्को सदस्यसचिव बनाएका थिए ।
विशेष अदालतले भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा उनका भाइलाई भ्रष्टाचारी ठहर गरेको छ । तर कृषि हुँदै महिला, बालबालिका र अहिले खानेपानी मन्त्री हुँदा पनि तिनै भ्रष्टाचारी ठहर भएका भाइले नै ठेक्कापट्टा र सरुवाको डिल गर्दैआएका छन् ।
मन्त्री, सचिव र सहसचिवको कमिसनमोहका कारण अहिले खानेपानी मन्त्रालयमा कर्मचारी आतंकित छन् । डा. बाबुराम भट्टराईको पार्टीबाट यादव मन्त्री भएका कारण हिसिला यमीको दबाब पनि थेगिनसक्नुकै छ ।
मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्व दुवै भ्रष्ट भएपछि मातहतका निकायहरुमा पनि अनियमिततामा प्रतिस्पर्धा नै चलेको छ । चाकडीमा माहिर उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजीवबिक्रम राणा, बोर्डका बरिष्ठ बित्त प्रमुख रामचन्द्र ढकालबीच कसले बढी कमाउने होडबाडी चलेको छ ।
बोर्डका कार्यक्रमहरु आफूनिकटलाई दिलाएर कमिसन खान पल्केका बित्त प्रमुख ढकाल मन्त्रीसँग निकट हुन बाबुराम भट्टराईको फेरो समाउन पुगेका छ्न । गोरखाका बाबुराम र उतैका ढकालबीचको सम्बन्ध जिल्लाबासी मात्र हो, तर ढकालले यादव मन्त्री भएपछि चाकडी गरेरै सम्बन्ध सुधारेका छन् ।
मन्त्रालय नेतृत्वले समस्या सिर्जना गर्दा बाबुरामकोमा गुहार माग्न पुगिरहने ढकाल राणाको कार्यकाल सकिएपछि कार्यकारी निर्देशक हुने दाउमा छन् । उनी त्यसका लागि करोडौं खर्च समेत गर्न तयार छन् । उनी बाबुराम र गृहमन्त्री नारायणकाजीको चाकडीमा लिप्त छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पनि गोर्खाबाटै चुनाव जितेकाले उनी ढकालका लागि अहिले स्वर्णकालझैँ भएको छ ।
खानेपानी विभाग र अन्तर्गतका आयोजना प्रमुखदेखि आयोजना कार्यान्वयन निर्देशनालयका र मेलम्ची खानेपानी आयोजनाका प्रमुखहरु सचिव र मन्त्रीको भाग बुझाउन नसकेर वाक्कदिक्क छन् । काठमाडौंमा पानी पठाउनुपर्ने बेलामा खानेपानी मन्त्रालय भने मर्मत र सुधारका नाममा मेलम्ची खानेपानी आयोजनामा अर्बौं बजेट छु्ट्याएर कमिसन खान तल्लीन छन् ।
बोर्ड पूर्णतः सरकारी स्वामित्वको कार्यालय हो, तर महालेखा नियन्त्रक कार्यालयबाट लेखाका कर्मचारी खटाउँदा भ्रष्टाचारको पोल खुल्ने डरले ढकालले नै हाजिर गर्नबाटै रोकेका छन् ।
राणाको समेत भ्रष्टाचारमा संलग्नता भएको र लेखाको सिद्धान्त बिपरीत खर्च गरेको पोल खुल्ने भएपछि महालेखाले एक बर्षअघि सरुवा गरेका लेखा नियन्त्रक पुष्पहरि गुरागाईलाई शक्तिको दुरुपयोग गरी हाजिर हुन नै नदिई फिर्ता हुन बाध्य बनाइएको थियो ।
त्यस्तै खानेपानी विभाग र अन्तर्गतका आयोजना प्रमुखदेखि आयोजना कार्यान्वयन निर्देशनालयका र मेलम्ची खानेपानी आयोजनाका प्रमुखहरु सचिव र मन्त्रीको भाग बुभ,mाउन नसकेर वाक्कदिक्क छन् । काठमाडौंमा पानी पठाउनुपर्ने बेलामा खानेपानी मन्त्रालय भने मर्मत र सुधारका नाममा मेलम्ची खानेपानी आयोजनामा अर्बौं बजेट छु्ट्याएर कमिसन खान तल्लीन छन् ।
केही दिनअघि मन्त्री यादव र सचिव साहको नेतृत्वमा मेलम्ची खानेपानी आयोजनास्थल निरीक्षण गर्न पुगेको थियो । लौरो टेकेर निरीक्षण गर्न मेलम्ची पुगेका मन्त्री यादव र सचिव साहले मेलम्चीको मुहान सार्ने नाममा छुट्याइएको १५ अर्बको बजेटमा कसरी बढीभन्दा कमिसन लिनेतिर मात्र ध्यान केन्द्रित गरेका छन् ।