काठमाडौं । सानिमा बैंकले काठमाडौं उपत्यका बाहिर रहेका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि दुई–दुई विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । बैंकले गत वर्ष काठमाडौं उपत्यका बाहिरका हरेक शाखाहरुबाट २ जना विद्यार्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीका अतिरिक्त मासिक रु २ हजार नगद वृत्ति प्रदान गरेको थियो ।
सोही छात्रवृत्तिलाई निरन्तरता दिँदै सर्लाहीको लालबन्दी शाखाले २०७९ सालमा सञ्चालित एसइईमा उत्तीर्ण स्थायी बासिन्दा आवेदक विद्यार्थीमध्येबाट सबैभन्दा विपन्न तथा जेहेन्दार विद्यार्थी छनोट प्रक्रियाअन्तर्गत लालबन्दी नगरपालिका वडा नं १६ की सगीता पाख्रिन र वडा नं ७ की निशाकुमारी साहलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकको सर्लाहीस्थित लालबन्दी शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखाबाट दुई जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । सर्लाहीस्थित विभिन्न निकायका लब्धप्रतिष्ठित व्यक्ति सम्मिलित छनोट समितिद्वारा विद्यार्थीको छनोट गरिएको थियो । कार्यक्रमको संयोजन बैंकका शाखा प्रवन्धक प्रितम त्रिपाठीले गरेका थिए ।
सानिमा बैंकले काठमाडौं उपत्यका बाहिरका हरेक शाखाबाट प्रत्येक वर्ष दुई जना विद्यार्थीलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामाग्रीका अतिरिक्त मासिक रु दुई हजार नगद प्रदान गरेको जनाइएको छ ।