Logo
Logo

विप्लवका म्याग्दी जनपरिषद प्रमुख पक्राउ


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १० फागुन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका म्यादी जिल्लाका जनपरिषद प्रमुख पक्राउ परेका छन् । प्रहरीले शुक्रबार राती जगत भनिने जगेन्द्रबहादुर पुनलाई पक्राउ गरेको हो ।


ईलाका प्रहरी कार्यालय, दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले मालिका गाउँपालिका–३, आदिवाराबाट उनलाई पक्राउ गरेको हो । सुराकीको आधारमा उनी पक्राउ परेका थिए ।
उनी विभिन्न किमिसका अपराधमा संलग्न थिए । एनसेल टावरमा आगजनी गर्नेदेखि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुलाई उनले चन्दा माग्दै धम्काउँदै आएका थिए । व्यवसायीहरुलाई समेत धम्काउने गरेको उजुरी प्रहरीमा परेको थियो । उनका थप अपराधबारे अनुसन्धान भइरहेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्