काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले निजी तथा आवासीय विद्यालयहरुको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको सुरुआत गरेको छ । काठमाडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
यो व्यवस्थापछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भई विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ । साथै डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको वचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।
मङ्सिर २०८० मा हुन गइरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षासम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागिता रहने जनाइएको छ ।