काठमाडौं, ११ फागुन । दक्षिण कोरियामा पछिल्लो केही दिनयता कोरोना भाइरसको संक्रमण तिव्ररुपमा फैलिएपछि दक्षिण कोरियामा रहेका नेपालीमा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन सिओलस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
सिओलस्थित दूतावासले आइबातर प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस संक्रमणबाट जोगिन दक्षिण कोेरियाली सरकारको स्वस्थ्य निकायले जारी गरेको सुरक्षा उपायहरु लागू गर्न विज्ञप्तिमार्फत निर्देशन दिएको छ । नोबेल कोरोनाभाइरसको संक्रमण चीनको हुवे प्रान्तको वुहान सहरबाट विश्वभर महामारीको रुपमा फैलिँदै गएको छ । हालसम्म दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण ४ सय भन्दा बढीमा फैलिसकेको छ ।
अवैध रुपमा बस्दै आएका कामदारलाई समेत कोरिया सरकारले केही पनि नगर्ने हुँदा कोरोना संक्रमणको शंका लागेमा उपचार गर्नका लागि अस्पताल जान दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
दक्षिण कोरियाको थुगु आसपासको क्षेत्रमा कोरोनाभाइरस संक्रमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस क्षेत्रमा रहेका नेपाली श्रमिक र विद्यार्थीलाई सजकता अपनाउन सोलस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत निर्देशन दिएको हो ।